सार्वजनिक शेयर निष्काशन (IPO) बारे जानकारी

यस कम्पनिले आफ्नो जारी पूँजीको १५% बराबरको प्रति कित्ता रु.१०० दरको १७,२५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि मिति २०७३ फाल्गुन १९ गते देखि बिक्री वितरण गर्न लागेको जानकारी गराउदछाँै । एनआइबिएल क्यापिटल मार्केट्स लि. को कार्यालय लाजिम्पाट, काठमाण्डौ लगायत देशभरका ३० वटा भन्दा बढी संकलन केन्द्रहरुबाट आवेदन फारम बुझाउन सकिनेछ । त्यसका अतिरिक्त नेपाल धितोपत्र बोर्डबाट ASBA प्रणालीको लागि स्विकृत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुबाट पनि ASBA प्रणाली अनुसार आवेदन दिन सकिने छ । यसमा न्यूनतम ५० (पचास) कित्ता वा १० अड्ढको गुणड्ढमा अधिकतम १५,००० (पन्ध्र हजार) कित्ता सम्मको लागि आवेदन दिन सकिन्छ ।