बैक खाता अद्यावधिक फाराम

नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाइने हुनाले सो प्रयोजनका लागि शेयरधनीहरुले खोलेको डिम्याट खाता खोल्दा उपलब्ध गराएको खाता संचालनमा रहेको नरहेको यकिन गर्न र डिम्याट खाता खोल्दा खाता उपलब्ध नगराएको भए आफ्नो बैंक खाता अनिवार्य रुपमा उपलब्ध गराइदिन हुन अनुरोध छ। शेयर डिम्याट नगराएका स्थानीय शेयरधनीहरु र संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय वा कुश्मा शाखा कार्यालय वा शेयर रजिष्ट्रार सिबिआइएल क्यापिटल मार्केट्स लि. वा यस वेबसाइट मा उपलब्ध फारम भरी आफ्नो बैंक खाताको बिवरण सम्बन्धित कार्यालयहरुमा वा ईमेल मार्फत unitedmodi@ntc.net.np मा यथाशीघ्र बुझाउनुहुन अनुरोध छ। हालसम्म शेयर डिम्याट नगराएका स्थानीय शेयरधनीहरुले यथाशीघ्र आफ्नो शेयर डिम्याट गर्नुहुन पनि यसै सूचनाद्वारा जानकारी गराइन्छ।

यहाँ क्लिक गर्नुहोलाBank Account Number Update from